default_image

7 years ago

October 24, 2018

एन्फा र कतार फुटबल संघबीच सहकार्य हुने

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल एसोसिएसन (क्युएफए) ले दुवै देशको फुटबल बिकासका लागि बुधबार पाँच वर्षको लागि सम्झौता गरेको छ ।

कतार फुटबल एसोसिएसनको मुख्यालय दोहामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अल तानीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा दुई राष्ट्रबीच फुटबल व्यवस्थापन, टेक्निकल, प्रशिक्षक, रेफ्री र खेलाडीको आदान–प्रदानसहित विभिन्न १७ बुदामा सम्झौता हुने उल्लेख छ ।

सामान्य व्यवस्थापन, व्यवस्थापन, मार्केेटिङ, प्रचार–प्रसार गतिविधि, स्पोर्ट्स फेसिलिटिज, अध्ययन र अनुसन्धान, प्राविधिक कोचिङ, रेफ्री, फुटबल व्यवस्थापन र टेक्निकल डाइरेक्सन, खेल विकास र प्रतिभाशाली खेलाडी उत्पादन, महिला फुटबल, युथ फुटबल, फुटसल, फुटबल अन्तरगत स्पोर्ट्स साइन्स, स्पोर्ट्स मेडिसिन अन्तरगत फुटबल अनुसन्धान, फुटबल सम्बन्धी अनुसन्धान रर फुटबलका नियम र विधिका विषयमा सहकार्य हुनेछ ।

एन्फा अध्यक्ष शेर्पा र लिग कमिटिका सयोजक विज्ञान राज शर्मा हाल दोहामा रहेका छन् ।

यस्तै सम्झौता कार्यक्रममा दुई राष्ट्रबीच मैत्रीपुर्ण खेल हुने उल्लेख छ । सम्झौतापछि एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कतार फुटबलसँगको सहकार्य नेपाली फुटबललको लागि राम्रो रहेको बताएका छन् ।

एन्फा अध्यक्ष शेर्पा र पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगका संयोजक विज्ञानराज शर्मा अक्टोवर २२ मा कतार प्रस्थान गरेका थिए । एन्फाले यसअघि पनि जापान फुटबल फेडेरेसन (जेएफए) सँग सम्झौता गरेको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.