default_image

7 years ago

October 26, 2018

पिपिएलको पहिलो विकेट सन्दीपलाई, आक्रामक कुशल आउट

152 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा टस जितेर बलिङ्ग रोजेको विराटनगरविरुद्ध घरेलु टोली पोखराले राम्रो सुरुआत गरेको छ। 

Sandeep

ओपनर कुशल भुर्तेलले आक्रामक सुरुआत गर्दै शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनलाई राम्रो सुरुआत दिलाएपनि उनी सातौँ ओभरको पहिलो बलमा सन्दीपको सिकार भएका छन्। सन्दीपले व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा बाउण्डरी लाइन कटाउने प्रयास गरेका कुशल बाउण्डरीमा प्रदीप ऐरीको हातबाट क्याच भएका थिए। कुशलले २६ बलको सामना गर्दै २ छक्का र ५ चौकाको मद्दतले ३८ रन प्रहार गरे। ७ ओभरको अन्त्यमा पोखराले १ विकेट गुमाउँदै ६१ रन जोडेको छ। अर्का ओपनर आसिफ शेखले १५ बलमा १३ रन बनाएका छन्।

पोखरा पल्टन शुरुवाती –११ शरद भेषवाकर (कप्तान), रोहित कुमार पौडेल, विनोद भन्डारी (उप–कप्तान) ,ललित नारायण राजवंशी, रसिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, विक्रम भुषाल, मेहबुव आलम, मोहम्मद आरिफ शेख, रबि इन्दर सिंह

विराटनगर टाइटन्स शुरुवाती –११ सन्दीप लामिछाने, रविन जोशी, जितेन्द्र सिंह ठकुरी, राजु रिजाल, एन्टन एन्ड्रियु, सुविकसान महेश्वरम, राजेश पुलामी, पुष्प थापा, सुनिल धमला, दिपेश श्रेष्ठ, प्रदीप ऐरी, शाहव आलम

अपडेट : १० ओभर, पोखरा : ९३/१

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.