default_image

7 years ago

October 28, 2018

एएफसी यू१९ : नेपाल छनोट हुँदा भारत बाहिरियो

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ महिला राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिपको छनोटमा ऐतिहासिक सफलता हात पारेको छ । नेपाल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

समूहको अन्तिम खेलमा भारतले थाइल्याण्डलाई १-० ले मात्र पराजित गरेपछि पनि नेपाल दोस्रो चरणमा छनोट भएको हो । यसअघिको खेलमा नेपालले भारतलाई २-० ले पराजित गरेको थियो भने थाइल्याण्डले नेपाललाई ३-० ले हराएको थियो । नेपाल, थाइल्याण्ड र भारत तीनै टोलीले पाकिस्तानलाई भने फराकिलो अन्तरले हराएका थिए । तीनै टोलीको समान ६-६ अंक भएपछि समूह विजेताको छिनोफानो गर्न तीन टोलीको नतिजा मात्र हेरिएको थियो ।

प्रतियोगिता नियमावली अनुसार तीन टोलीको मात्र नतिजा हेर्दा थाइल्याण्ड समूह विजेता, नेपाल समूह उपविजेता र भारत तेस्रो स्थानमा रहेको हो । थाइल्याण्ड समूह विजेता भएसँगै नेपाल अन्तिम चरणमा छनोट हुने पक्का भएको हो । प्रतियोगिताको अन्तिम चरण पनि थाइल्याण्डमा नै हुने भएकोले यस समूहको दोस्रो टोलीले सिधै अर्को चरणमा स्थान बनाउने प्रावधान रहेको छ । आइतबारको खेलमा नेपालले पाकिस्तानलाई ९-० ले हराएको थियो ।

सबै समूहको शीर्ष टोलीबाहेक उत्कृष्ट दुई दोस्रो स्थानको टोलीले पनि छनोट हुने प्रावधान रहेको थियो । यदि थाइल्याण्ड दोस्रो हुने उत्कृष्ट २ मा पारेको भए तेस्रो टोलीले छनोट हुने थियो । यस नतिजासँगै नेपाल दोस्रो चरणमा छनोट भएको छ भने भारत समूह चरणबाट नै बाहिरिएको छ ।

नेपालले पहिलो पटक एएफसी यू-१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको हो । पहिलो सहभागितामा नै नेपाली टोलीले ऐतिहासिक नतिजा प्राप्त गरेको हो । अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिल २०१९ मा हुने छनोट चरण पार गर्नुपर्ने छ ‌।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.