default_image

7 years ago

October 29, 2018

सन्नी र पारसको आक्रमक ब्याटिङमा पोखरालाई १ सय ४१ रनको लक्ष्य

124 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले आक्रमक इनिङ्स मद्दतमा पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनलाई १ सय ४१ रनको विजयी लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा सोमबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारि २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनायो । मध्यम शुरुवात गरेको चितवनका लागि कप्तान पारस खड्काले ४४ रनको आक्रमक इनिङ्स खेले । ३२ बल खेलेका पारसले ३ छक्का र ३ चौका प्रहार गरे । सन्नी पटेलले २७ बलमा ३ चौका र ३ छक्कासहित ४६ रन बनाए । पारस र सन्नी पटेलले चौथो विकेटको लागि ५३ रनको साझेदारी गरेका थिए । समित पटेल रनमा अविजित रहे ।

सोनु तामाङले २१ रन जोडे । ओपनर अनिल कुमार साह १६ रनमा पेभेलियन फर्किए । हरिशंकर शाह ३ रनमा आउट भए । करण केसी शुन्यमा आउट भए । पोखराका विक्रम भुषालले २ विकेट लिए । मेहबुव आलम, मोहम्मद नाभिद, शरद भेषवाकरले समान १ विकेट लिए ।

घरेलु टोली पोखराले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.