default_image

7 years ago

October 29, 2018

साफ यु–१५ : सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरमा जारी साफ यु–१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले पाकिस्तान प्रतिद्धन्द्धी पाएको छ । सोमबार १० खेलाडीमा समेटिएको बंगलादेशसँग २–१ ले पराजित भएसँगै नेपाल समूह ‘ए’ को उप विजेता बनेपछि नेपालले पाकिस्तान प्रतिद्वन्द्वी पाएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा बंगलादेशले खेलको शुरुवातमै मोहम्मद आहाद सकिलको गोलबाट अग्रता बनाएको थियो । ३६औं मिनेटमा जान लिम्बुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बंगलादेशका गोलरक्षक मितुल मार्माले राकेश विश्वकर्मालाई फल गरेपछि नेपालले पेनाल्टीको मौका पाउदा रेफ्रीले गोलरक्षकलाई सोझै रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए । तर, १० खेलाडीमा समेटिएपनि नेपालले फेरि दोस्रो हाफको शुरुवातमै गोल खान पुग्यो । बंगलादेशका हवल्दारले गोल गरेका थिए । त्यसपछि नेपालले पटकपटक पोस्ट आक्रमण बुनेपनि गोल गर्न असमर्थ रहँदा पराजित हुन पुग्यो ।

नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठले पाएको मौकालाई सदुयोग गर्न नसक्दा पराजित हुनु परेको बताए । ‘हामीलाई १० खेलाडीमा समेटिएको फाइदा थियो । पटक पटक प्रयास गरेपनि हामीले सफलता हात पार्न सकेनौं, ।’ प्रशिक्षक श्रेष्ठले खेलपछि भने ।

बंगलादेशका प्रशिक्षक मुस्ताफा अनवर पर्भेजले पहिलो हाफमै टिम १० खेलाडीमा समेटिएपनि आत्मविश्वासी भएर खेल्दा जित हात पार्न सकिएको बताए । उनले रातो कार्ड खाएपछि केही समय खेलाडी अत्तालिएको जस्तो देखिएको थियो । तर, टोलीले बलियो नेपालविरुद्ध उत्कृष्ट खेल खेलेको बताए ।

सोमबौ भारतले भुटानलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भयो । सेमिफाइनलका खेल बुधबार हुनेछ । पहिलो सेमिफाइनलमा समूहको विजेता बंगलादेश र समूह ‘बी’ को उपविजेता भारतबीच खेल हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता पाकिस्तान र समूह ‘ए’ को उपविजेता नेपालबीच खेल हुनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.