7 years ago
November 3, 2018
पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको हो । राम्रो सुरुवात गरेको विराटनगरका लागि ओपनर मोहम्मद जायद आलम र सुनिल धमलाले पहिलो विकेटको ८७ रनको साझेदारी गरेपछि विराटनगरले सम्मानजनक योगफल तयार पारेको थियो । ४७ बल खेलेका मोहम्मद जायदले ६ चौका र २ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय योगदान दिए ।
अर्का ओपनर सुनिल धमला अर्धशतक बनाउनबाट ३ चुके । ४५ बलमा धमलाले ७ चौका प्रहार गरे । प्रदीप ऐरी ११ रनमा पेभेलियन फर्किए । राजु रिजाल ६ तथा एन्टन एन्ड्रियु ४ रनमा आउट भए । राजेश पुलामी मगर र पुष्प थापा रनमा नटआउट रहे । चितवनका कप्तान पारस खड्का र स्मित पटेलले समान २–२ विकेट लिए । करण केसीले १ विकेट लिए ।
चितवनलाई शीर्ष तीनमा पर्न आजको खेल जित्नै पर्नेछ । पराजित भएको अवस्थामा प्रतियोगिताको लिग चरणबाटै बाहिरिनेछ । विराटनगर प्रतियोगिताको लिग चरणबाटै बाहिरि सकेको छ । यो खेलमा जित हात पारे विराटनगरको सान्तवना जित हुनेछ ।
चितवनले केही वेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]