7 years ago
January 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुवई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका बिजेता प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् ।

प्रिन्स यु–१९ र यु–१५ दुवै तर्फ च्याम्पियन बनेका हुन् । उनले फाइलनमा यु–१९ का शीर्ष वरीयताका प्रफुल महर्जनलाई २१–८ र २१–१० ले पराजित गर्दै च्याम्पियन बने । यु–१५ मा उनले म्यानमारका ज लिन थुलाई २१–१५, १७–२१, २१–९ ले पराजित गर्दै दोहोरो उपाधि उचाले ।
नेपाल ब्याडमिन्टन संघको तत्वाधान तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला यु–१९ मा शीर्ष वरीयताकी जेशिका गुरुङले रशिला महर्जनमाथि २४–२२ र २१–१४ ले पाखा लगाउंदै उपाधी जितिन् । यस्तै उनले रशिलासँग मिलेर यु–१९ गल्र्स जोडी तर्फ पनि उपाधी हात पारिन् । जेशिका र रशिलाको जोडीले शिमा राजबंशी र निता लम्साललाई २१–१२, २१–३ ले पाखा लगाए ।

सहिद रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यु–१९ पुरुष युगलतर्फको खेलमा म्यानमारका ज लिन थु र थु रिनको जोडीले प्रफुल महर्जन र रुकेश महर्जनको जोडीमाथि १९–२१, २१–१८ र २१–१७ को जित निकाल्दै उपाधी उचाले ।
यु–१५ गल्र्स तर्फ शीर्षु वरीयताकी रशिला महर्जनले स्मृती राईलाई २१–७ र २१–३ ले पराजित गर्दै उपाधी हात पारिन् ।
विजयी शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई बिराटनगर नगरपालिकाका मेयर भिम पराजुली लगायतले पुरस्कार बितरण गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]