default_image

7 years ago

January 19, 2019

भलिबलमा एपिएफलाई सिजनको सातौ उपाधि, सभामुख कपमा लगातार च्याम्पियन

152 views

0 Bookmark

पोखरा(हाम्रो खेलकुद)- घरेलु महिला भलिबलमा सर्वाधिक सफल टोली विभागीय नेपाल एपएिफ क्लबले सिजनको सातौ उपाधिको रुपमा दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सिजनको सातौ उपाधि जित्न सफल भएको हो ।

एपीएफले यो वर्ष शेरबहादुर खड्का स्मृति महिला भलिबल, सभामुख कप, एनभीए क्लब लिग, तीज कप पोखरा, एनभीए महिला भलिबल र न्यु डायमण्ड कप जितेको थियो । गतवर्ष पनि यि दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । सभामुख कपमा एपीएफ लगातार च्याम्पियन बन्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट एपीएफले २५–८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुलिस २५–१८ ले विजयी भएपछि खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तर, त्यसपछिको दुवै सेट एपीएफले २५–१७ र २५–१७ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।

निबारै प्रदेश ३ ले आयोजक गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्न सफल भयो । न्यु डायमण्ड एकेडेमीका अधिकांश खेलाडी समेटिएको प्रदेश ३ गण्डकीमाथि पहिलो सेटमा २५–१४ ले विजयी भएको थियो । दोस्रो सेट २५–२१ ले गण्डकीले आफ्नो पक्षमा पारेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि प्रदेश ३ ले तेस्रो र चौथो सेट २५–१४ र २५–१७ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थान हात पार्न सफल भयो ।

उपाधिसँगै एपीएफले ३ लाख ५० हजार रुपैया हात पा¥यो । दोस्रो भएको पुलिसले १ लाख ७० हजार रुपैयामा चित्त बुझायो । तेस्रो भएको प्रदेश ३ ले १ लाख रुपैया तथा चौथो भएको गण्डकीले ५० हजार रुपैया पायो ।

एपीएफकी सरस्वती चौधर प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले १० हजार रुपैया हात पारिन् । प्रदेश ३ की प्रतिभा माली बेष्ट स्पाईकर, एपीएफकी हीरा केसी बेष्ट ब्लकर, गण्डकीकी अरुणा शाही बेष्ट सर्भर, पुलिसकी कमला पुन बेष्ट सेटर र पुलिसकै शान्ति तामाङ बेष्ट लिवेरो घोषित भइन् ।

च्याम्पियन एपीएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । सबैले जनही ५–५ हजार रुपैया हात पार े । गत माघ १ गतेबाट शुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसहित ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.