default_image

10 years ago

April 16, 2016

रेस्लिङको उपाधी नुवाकोट टाइगर र काराइकाजेलाई

168 views

0 Bookmark

काठमाडौं, बैशाख ४

नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताको उपाधी जापानका काराईकाजे र नेपालका नुवाकोटे टाइगर प्राप्त गरेका छन् । शनिबार दशरथ रंगशालामा भएको प्रतियोगितामा ट्याग टिमका दुई जनाले बेल्ट आफ्नो पोल्टामा पारेका हुन् ।

Nepal Wrestling Champion KP Oli

नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजनामा भएको प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । नुवाकोटे टाइगर र जापानका काराइकाजे रहेको टिमले पुरुष ट्याग टिमको फाइनल इभेन्टमा न्युजिल्यान्डका राल्डेन र अमेरिकाका बुफा जस्ता शक्तिशाली रेस्लरलाई पराजीत गर्दै प्रतियोगिताको बेल्ट आफ्नो नाममा बनाएको हो । विजेता नुवाकोटे टाइगरको टिमले अघिल्लो चरणको खेलमा ताइवानका डो नी र जापानको येजिलेको जोडीलाई आउट गरेर फाइनल भिडन्तका लागि प्रवेश गरेका थिए । बुफाको जोडीले नेपालका कोजु र चिनका चेन दोङ्गको जोडीलाई हराएको थियो ।

उपाधी जितेपछि नुवाकोटे टाइगरले नेपालमा पनि रेस्लिङ खेलका संभावना बोकेका व्यक्तिहरु रहेको बताए । नेपालमा यो खेलको संभावना छ, खेलाडीहरु पनि जन्मदै छन्, यसका लागि पूर्वाधार तयार गर्नुपर्ने बताए । त्यसैगरि थ्रि वे ट्याग टिम म्याचमा सिंगापुरका युरासियन ड्रागन, नेपालका सिक्सवान नाइन र बाबा युइको जोडीले मलेसियाका गुयान, नेपालका किंग कोब्रा र युभको जोडीलाई हरायो ।

त्यसैगरि थ्री वे कर्नर महिला टिमको म्याचमा मंगोलियाको योसिकाले जापानकी नानाइ ताकाहासी र म्याक्सिकोकी  ताइयोलाई आकर्षक रुपमा लक प्रहार गरेर हराइन् । प्रतियोगितामा जापानका रेफ्री नाकामुरा, नेपालकी रेफ्री तथा रिङ्ग रेस्लिङ्ग संघकी अध्यक्ष सुनिता थापा र कुवेर केसीले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री ओलाीले अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुनु सुखद भएको बताए । नेपालमा विभिन्न खेलको विकास आवश्यक रहेकाले यसको प्रबद्र्धन र विकासमा सबै लाग्नुपर्छ, उनले भने । उनले नेपालका खेलकुदको विकास र विस्तारका लागि सहकार संवेदनसिल रहेको बताए । ‘देशको समृद्धिको मापना खेलकुदले गर्ने गर्दछ । खेल क्षेत्रलाई अगाडी बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ उनले भने। ओलीले एक म्याच रमाइलोपुर्वक अवलोकन गरेका थिए । उनले पहिलो राउन्डको खेलका विजेता अमेरिका बुफा र न्युजिल्यान्डलाई राल्डेनलाई मेडलसमेत प्रधान गरे ।

उद्घाटन सत्रमा ओलीले रेस्लिङको प्रवद्धनमा लागेको जापान जिरो प्लसका सिइओ तथा अन्तर्राष्ट्रिय रेफ्री नाकामुरालाई सम्मान समेत गरेका थिए । ओलीले विजेतालाई प्रदान गरिने बेल्ट पहिरिएर पदर्शन गर्दा सबैले उत्साहित भएका थिए । कार्यक्रममा  सुचना तथा संचार मन्त्री शेरधनराई, सांसद विनोद श्रेष्ठ, राखेपका पुर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना, संघकी अध्यक्ष सुनिता थापा, महासचिव सुवर्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतियोगितामा नेपालसहित १२ देशका खेलाडी सहभागि भएका थिए । प्रतियोगितामा हङकङका बिटम्यान, अमेरिकाका बुफा, ताइवानका दी ता नी, चीनका चेन जियाङ, न्युजिल्यान्डका जेम्स राइदीम, जापानका कामिकाजे, नानाइ टाकाहासी, सारि, बेलायतका सिन गुइनेस, सिंगापुरका दी युरासियन ड्रागन, मंगोलियाकी यूसी कोङ्ग, मेक्सिकोकी टाइयो, र मलेसियाका डिजास्टर किड सहभागी थिए ।

संघका अध्यक्ष सुनिता थापाले अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताइन् । पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरेका थियौं, खेलाडीको सहभागिता दर्शकको साथले सफल भयो, यसलाई निरन्तरता दिने सोचमा हामी छौं, उनले भनिन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.