10 years ago
April 16, 2016
कप्तान गौतम गम्भिरको अविजित अर्धशतकको मद्दतमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार सनराइजर्स हैदरबादलाई ८ विकेटले हराएको छ ।
टस जितेर ब्याटिङ गरेको हैदरावादले इयान मोर्गानको अर्धशतकसँगै ७ विकेटको क्षेतिमा १ सय ४२ रन बनाएको थियो । हैदरावादलाई मध्यम स्कोरमा रोक्ने क्रममा कोलकाताका उमेश यादवले ३, मोर्ने मोर्केलले २ तथा रसेलले १ विकेट लिएका थिए । टोलीका लागि नमन ओझाले ३७ रन जोडेका थिए । ओपनर डेभिड वार्नर र रेड्डीले समान १३ रन बनाए । त्यसअघि मोर्गानले ४३ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए ।
१ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले १० बलअघि २ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । म्यान अफ दि म्याच गम्भिरले ६० बलमा १३ चौका र १ छक्काको मद्दतमा ९० रन बनाएका थिए । उथप्पाले ३४ बलमा ३ चौका र १ छक्कासहित ३८ रन जाडेका थिए । आन्द्रे रुसेल २ रनमा आउट भए भने मनीष पाण्डेले अविजित ११ रन जोडे । हैदरावादका मुस्ताफिजुर रहमान र अशिष रेड्डीले १÷१ विकेट लिएका थिए । गम्भिर र रविन उथप्पाको ओपनिङ जोडीले पहिलो विकेटका लागि ९२ रनको साझेदारीगरेपछि मध्य लक्ष्य पछ्याएको कोलकाताका लागि जित सहज बनेको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]