7 years ago
January 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखराले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार सफलता हात पारेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको खेलमा आर्मीले चितवन टाईगर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा आमीले पहिलो सेट २५–२१ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २५–१८ ले सहजै जितेको आर्मीले तेस्रो सेट २५–१३ ले जित्न सफल भयो ।
जितसँगै आर्मीले शीर्षस्थानमा रहेको साविकको विजेता नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबसँगको अंक बराबरी गरेको छ । एक खेल बढी खेलेको आर्मीको ६ खेलबाट १५ अंक पुगेको छ । लिगमा अपराजित रहेको एपीएफ र पुलिसको समान ५ खेलबाट १५ अंक रहेको छ ।
शनिबारै भएको अर्काे खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखराले आयोजक ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजत गर्दै लिगमा तेस्रो जित दर्ता गर्न सफल भयो । पश्चिमाञ्चलले ढोरपाटनलाई २५–१०, २५–११ र २५–९ को सोझो सेटमा हरायो ।
यस जितसँगै पश्चिमाञ्चल ४ खेलबाट १० अंक जोडेर लिगको पाँचौ स्थानमा उक्लिएको छ । ढोरपाटनले भने लिगमा अहिलेसम्म जित निकाल्न सकेको छैन । सामाखुशी इंग्लिस बोर्डिङ स्कुल ११ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तरगत आइतबार लिगका चार खेल हुने आयोजकले जनाएको छ । नेपाल पुलिस र पश्चिमाञ्चलबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा चितवन टाइगर्स र ढोरपाटन, तेस्रो खेलमा एपीएफ र आर्मी तथा अन्तिम खेलमा पुलिस र चितवन टाइगर्सबीच खेल हुनेछ ।
९ टोलीको सहभागिता रहेको प्रतियोगिताको दोस्रो चरणमा ७ टोलीले स्थान बनाउनेछन् । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्राप्त गर्नेछन् । प्रतियोगिता ५ माघबाट २० माघसम्म चल्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]