7 years ago
February 17, 2019
पोखरा (हाम्रो खेलकुद) – ठमेल युनाइटेडले भेट्रान्स बास्केटबल प्रतियोगितामा ह्याट्रिक उपाधि जित्न सफल भएको छ ।

कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित ‘तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगितामा आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो । ठमेल युनाइटेड यसअघिका दुवै संस्करणमा च्याम्पियन बन्न सफल भएको थियो ।
उपाधिसँगै ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ रूपैया हात पा¥यो । उपविजेतामा चित्त बुझाएको कास्की जिल्ला बास्केटबल संघले नगद ३३ हजार ३ सय ३३ रूपैया हात पा¥यो । प्रतियोगितामा कास्कीका खेलाडी रबिन साही उत्कृष्ट खेलाडी घोषित भए । ठमेल युनाइटेडका कर्मा गुरुङले सर्वाधिक स्कोरर घोषित हुँदै विशेष ट्रफी प्राप्त गरे ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका एसएसपी नरोत्तमलाल प्रधान, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, क्षेत्रिय भलिबल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गोबिन्द पुरी, सोसल पव्लिकका संस्थापक खिम गुरुङ लगाएतले बिजेता टिम तथा खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे ।
समापन कार्यक्रममा नेपाल बास्केटबल संघका पूर्व उपाध्यक्ष एवम् नेपाल सेभेन ‘ए’ साइडका अध्यक्ष नविन पुनलाई सम्मान गरिएको थियो ।
४० वर्ष देखि माथी उमेर समुहका खेलाडीको रहेको उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । काठमाडौको ठमेल युनाइटेड, तनहु जिल्ला बास्केटबल संघ, एक्स अम्बर सिंहको ‘ए’ र ‘बी’, लामाचौर भेट्रान्स तथा आयोजक कास्की जिल्ला बास्केटबल संघको टिमले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता गत फागुन २ गते बाट संचालन भएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]