7 years ago
February 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीले यसै वर्ष एसईई दिएका खेलाडीहरुलाई लक्षित गर्दै ट्यालेन्टहन्टबाट खेलाडी छनोट गरी ‘ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट आयोजना गर्ने भएको छ ।

आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिता बैशाख अन्तिम साता काठमाडौंम हुने जानकारी गराएको हो ।
प्रतियोतिाको लागि सोमबारै ब्रमास्मी कलेजसँग मुख्य प्रायोजन सम्झौता भएको छ । सम्झौतामा नेक्सस एकेडेमीका अध्यक्ष भरत कुमार शाही र ब्रमास्मी कलेजका निर्देशक सुनन्दा गौतमले हस्ताक्षर गरे । सम्झौतापछि ब्रमास्मीले ७ लाख ५० हजार रूपैया उपलब्ध गराउनेछ । यस्तै ब्रमास्मीले ट्यालेन्ट हन्टमा सहभागी सबै खेलाडीलाई पुर्ण देखि आंशिक छात्रवृत्ति उपलब्ध गराउने छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहने नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत बहादुर शाहीले जानकारी गराए । उनले प्रतियोगितामा धेरै भन्दा धेरै खेलाडीको सहभागिता क्षमताका आधारमा खेलाडीले अबसर पाउन भन्ने उद्देश्यले ११ शहरमा ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए ।
प्रतियोगिता भन्दा अघि आयोजकले देशभरको ११ प्रमुख शहरमा ट्यालेन्ट आयोजना गरिने छ ।
ट्यालेन्ट हन्ट चैत २२ गतेबाट बैशाख १६ गते सम्म सञ्चालन हुनेछ । ट्यालेन्ट हन्ट धनगढी, कोहलपुर, सुर्खेत, दाङ, बुटवल, पोखरा, चितवन, कलैया, विराटनगर, बिर्तामोड र काठमाडौंमा सञ्चलान हुनेछ । ट्यालेन्ट हन्टबाट हरेक छनोट केन्द्रबाट ५ देखि ७ खेलाडी छनोट हुनेछ ।
हरेक छनौट केन्द्रका प्रमुखको संयोजकमा स्थानिय प्रशिक्षक एक जना र एक जना नेक्ससको प्रतिनिधिसहित ३ सदस्यीय छनौट समिति हुनेछ । लोकेश जोशी थनगढ़ी, दिपेन्द्र थापा कोहलपुर, रुद्र भण्डारी सुर्खेत, सन्जु क्षेत्री दाङ, सुनिल ढुंगाना बुटवल, बबिन कुवँर पोखरा, संघर्ष पौडेल चितवन, पंकज पाण्डे कलैया, आकाश श्रेष्ठ बिराटनगर हितेन श्रेष्ठ बितामोड र प्रबल गौतम काठमाडौंको संयोजक चुनिएको छ ।
करिव १०० जना खेलाडीबाट काठमाडौंमा एक साताको क्याम्प आयोजना हुनेछ । उक्त क्याम्पबाट ४८ जना खेलाडी छनोट हुनेछ । प्रतियोगितामा सहभागी ८ टोलीले ट्यालेन्ट हन्टबाट छानिएका चार खेलाडीलाई अनिवार्य टिममा समावेश गरिनुपर्ने नेक्ससले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडी छनोट गरी श्रीलंकाको सिरिजमा सहभागिता गरायने आयोजकले जनाएको छ । उत्कृष्ट १४ खेलाडीलाई ब्रमास्मी कलेजले निशुल्क छात्रवृत्तिमा अध्यययन गर्ने व्यवस्था गराउनेछ ।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ दि सिरिज हुनेले नेक्सस क्रिकेट एकेडमी दिल्ली सेन्टरमा १ वर्षसम्म निशुल्क प्रशिक्षणको ब्यबस्था गरिने आयोजकले जनाएको छ । अन्य उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीमा ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित लाग २५ लाख रूपैया रहेको छ । प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]