default_image

5 years ago

February 18, 2019

विराटनगर बाहिरिदा अत्तरिया र महेन्द्रनगर प्ले अफमा

45 views

0 Bookmark

धनगढी- सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को प्ले अफमा पुगेको छ । सोमवार विराटनगर किंग्सलाई १० रनले हराउँदै एक खेल अगावै अत्तरिया प्ले अफमा प्रवेश गरेको हो ।

यो हारसँगै विराटनगर समुह चरणबाट बाहिँरीदा महेन्द्रनगर युनाइटेड नेट रन रेटका आधारमा प्ले अफमा प्रवेश गरेको छ । महेन्द्रनगर र विराटनगर दुबैको समान ४ अंक भएपनि नेट रनरेटका आधारमा महेन्द्रनगर प्ले अफमा स्थान बनाएको ।

१ सय ४९ रनको लक्ष्य पक्ष्याउने क्रममा विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनायो । विराटनगरका लागि आशिफ शेखले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । शेखले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । पृथु बाँस्कोटाले २६ बलमा ४ चौका प्रहार गर्दै २७ रन बटुले ।

विराटनगरले पहिलो ओभरको अन्तिम बलमा असद उल्लाह खानलाई १३ रनमा गुमाएको थियो । भुवन कार्कीले बोल्ड गर्नुअघि खानले ५ बलमा दुई छक्का प्रहार गरे । छैटौं ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरीले अर्का ओपनर हरि शंकर शाहलाई ७ रनमा बोल्ड गर्दिए । लगतै एक बलपछि राजेश पुलामी मगर शून्यमा रन आउट हुन पुगे । चौथो विकेटका रुपमा आशिफ शेखलाई १२ ओभरको तेस्रो बलमा दिपेन्द्र राउतले एलपी डब्लू आउट गरेका थिए । कारण केसी १२,कुशल भुत्तेल ३ रनमा आउट हुँदा किशोर महतो ८ र साम्सद शेख ७ रनमा अविजित रहे । अत्तरियाका लागि भुवन कार्कीले ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दिपेन्द्र राउतले ४ ओभरमा २० रन खर्चेर ३ विकेट हात पार्दा दिपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । दुबै भारतीय खेलाडीले उत्कृष्ट अर्धशतक प्रहारगरेपछि अत्तरियाले जारी डिपिएलमा प्रतियोगिताकै सर्वाधिक लक्ष्य प्रस्तुत गर्न सकेको हो ।

सन्नि पटेलले ३१ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे । त्यस्तै अर्का भारतीय खेलाडी जय किशन कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे ।

ओपनर जितेन्द्रसिंह ठकुरी र कोल्सावालाले ९.३ ओभरमा ५३ रनको साझेदारी गर्दै अत्तरियालाई राम्रो सुरुवात दिलाएका थिए । जारी डिपिएलमा ओपनरहरुले गरेको यो उच्च साझेदारी हो ।
यी दुईीचको साझेदारी शुसन भारीले ठकुरीलाई असद उल्लाह खानबाट उत्कृष्ट क्याच गराउँदै तोडेका थिए । ठकुरीले २७ बलमा १ चौका सहित १३ रन जोडे । ११ ओभरको दोस्रो बलमा सन्दीप जोरालाई ३ रनमा क्याच गराए ।

सांसद सेख ले जोरालाई करणबाट क्याच गराएका थिए । त्यस्तै १३ ओभरको पाँचौ बलमा दिपेन्द्रसिह ऐरी १० रनमा रन आउट हुन पुगे । विराटनगरका लागि शुसन भारी र साम्सद शेखले समान एक एक विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.