7 years ago
February 21, 2019
धादिङ (हाम्राे खेलकुद) – नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय ¥याफ्टिङ च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएको छ ।

¥याफ्टिङ्ग च्याम्पियनसिप अन्तरगत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा प्राप्त भएको समष्टिमा पनि विजयी हुँदै उसले च्याम्पियनसिप उचालेको हो । चितवनको फिस्लिङस्थित त्रिशुली नदिमा बिहीबार सम्पन्न च्याम्पियनसिपमा नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ चार विधा सम्मिलित खेलमा सर्वाधिक एक हजार अंक प्राप्त गर्दै च्याम्पियन भएको हो ।
नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ ले स्प्रीन्ट (१०० पूर्णाङ्क), हेड टु हेड (२०० पूर्णाङ्क), स्लालोम (३०० पूर्णाङ्क) र डाउन रिभर(४०० पूर्णाङ्क) मा शतप्रतिशत अंकका साथ कुल १००० हजार अंक प्राप्त गरेको हो । च्याम्पियन टिमले अन्तिम दिन भएको स्लालोम र डाउन रिभर पनि उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत नतिजा निकाल्यो । ओभरलमा उपविजेता भएको प्याडल नेपाल ‘बी’ ले ८ सय ४ अंक प्राप्त ग¥यो ।
नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजना तथा पर्वतिय खेलकुद महासंघ अन्तरगत भएको च्याम्पियनसिपमा प्याडल नेपालले स्प्रीन्टमा ८८ अंक र हेड टु हेडमा १ सय ७६ अंक प्राप्त गरेको थियो । बिहीबारको दुई विधामा प्याडल नेपालले स्लालोममा २ सय ६४ र डाउन रिभरमा २ सय ७६ अंक हासिल गर्दै दोस्रो स्थानमा उभ्याएको हो ।
त्यस्तै तेस्रो भएको नेपाल कायक क्लबले समग्र चार विधामा ८ सय ८७ अंक प्राप्त गरेको थियो । अन्तिम दिनको दुई विधा स्लालोममा २ सय ३७ अंक र डाउन रिभरमा ३ सय ५२ अंक प्राप्त गरेको थियो । नेपाल कायक क्लबले यसअघि बुधबारको स्प्रीन्टमा ७२ अंक र हेड टु हेडमा १ सय २६ अंक जितेको थियो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्रतियोगिताका विजेतालाई इच्छा कामना गाउँपालीकाकी अध्यक्ष गीता गुरुङ, पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई र आयोजक संघका अध्यक्ष मानबहादुर न्यौपाने लगायतले पुरस्कृत गरे । प्रतियोगितामा एक विभागीयसहित कुल ११ टिमले प्रतिस्पर्धा गरेको संघका महासचिव एवं च्याम्पियनसिप जुरी सुदीप गौतमले जानकारी दिए । कुल ११ टिम रहेको ¥याफ्टिङमा प्रत्येक टिममा ८ सदस्य खेलाडीको सहभागिता रहेको थियो । व्यक्तिगत विधाको कायकमा भने २८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]