default_image

7 years ago

March 1, 2019

मुल्मीको नेतृत्वमा स्नुकर संघ

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको छैटौं साधारण सभाले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलाई ४ वर्षका लागि अध्यक्षमा शुक्रबार निर्विरोध चयन गरेको छ ।

शुक्रबार सम्पन्न सभाले चारपटकका राष्ट्रिय च्याम्पियन मुल्मीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, उपाध्यक्षमा हीराकुमारी दाहाल (मिरा) र ध्रुव तुलाधर, महासचिवमा केशवराज अधिकारी, सचिवमा सञ्जयकुमार मुल्मी, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ तथा सह–कोषाध्यक्षमा केशर मल्ल रहेका छन् ।

भुपेन्द्रबहादुर थापा (हरि), गजराज खड्का, राजेन्द्र केसी, एलिना महर्जन, मनोज केसी, मनोजकुमार सिंह ठकुरी र तुलसा थापा बस्नेत सदस्यमा चयन भए । सभामा केन्द्र र १६ जिल्लाका ४५ प्रतिनिधि उपस्थित थिए ।

साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा भारतमा भएको स्नुकर प्रतियोगिताका रजतधारी रेगन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यसै अवसरमा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन शनिबार हङकङ जाने खेलाडी मेलिसा खड्गी र प्रशिक्षक मनोज खड्गीलाई पनि ट्रयाकसुट प्रदान गर्नुका साथै राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरिएको थियो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.