6 years ago
March 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत चौथो संस्करणको प्रधान सेनापति खुल्ला म्याराथनमा च्याम्पियन बनेका छन् ।
आर्मीका धावक बस्नेतले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा २० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै लगातार दोस्रो वर्ष च्याम्पियन बन्न सफल भएका हुन् । उनले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार समेत गरे । आर्मीभित्र भने उनले कीर्तिमान बनाउन सफल भएका हुन् । उनले पूर्ण तामाङले राखेको २ घन्टा २२ मिनेट १९ सेकेन्डको कीर्तिमानलाई तोडेका हुन् ।
आर्मीकै राजन खत्रीले २ घण्टा २८ मिनेटमा दौड पूरा गर्दै दोस्रो स्थान हात पारे । आर्मीकै नवराज साउद २ घण्टा २९ मिनेट ५९ सेकेन्डसहित तेस्रो भए । आर्मीकै खगेन्द्र भाटले चौथो स्थान हात पारे । विनोद सिजापति, सविन तामाङ र भीम गुरुङले क्रमशः पाँचौदेखि सातौ स्थान हात पारे ।
च्याम्पियन बनेसँगै कृष्ण बस्नेतले १ लाख २५ हजार रूपैयासहित १ स्थान पल्सर मोटरसाइकल प्राप्त गरे । दोस्रो भएको राजनले ६५ हजार रूपैया, तेस्रो भएको नवराज साउदले ३५ हजार रूपैया पाए । चौथो देखि सातौले क्रमशः २५, १५, १० हजार र ५ हजार रूपैया पाए ।
महिला हाफ म्याराथनमा आर्मीकी विश्वरुपा बुढाले उपाधि जितिन् । उनले निर्धारित दुरी १ घन्टा १७ मिनेट २० सकेन्डमा पुरा गरे । एपीएफकी विन्द्रा देशारले १ घन्टा २६ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हात पारिन् । १ घन्टा २६ मिनेट ३२ सेकेन्डमा दुरी पुरा गरेकी आर्मीकी चन्द्रा रावत तेस्रो भइन् । पुरुष ४५ वर्षमुनि आर्मीका कल्याण बाँनिया पहिलो, आर्मीकै गजेन्द्र राई दोस्रो र आर्मीकै टिकाराज कटवालले तेस्रो स्थान हात पारे ।
हाफ म्याराथनको महिला र पुरुषतर्फको बिजेताले समान ५० हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रूपैया हात पारे ।
४५ वर्षमाथि धर्म महर्जन पहिलो, भीम गुरुङ दोस्रो र भीमसेन अवालेले तेस्रो स्थान हात पारे । विजेताले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रूपैया हात पारे । विजेतालाई प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कृत गरे ।
म्याराथनको पहिलो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई च्याम्पियन बनेका थिए । दोस्रो संस्करणमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की र तेस्रो संस्करणमा आर्मीकै कृष्णा बस्नेत च्याम्पियन बनेका थिए ।
सोही अवसरमा सेनाले आर्मीका तीन पुर्व अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा एथलेटिक्सका राजेन्द्र भन्डारी, पारा एथलिटका विक्रम बहादुर राना र सुटिङका टिकाराम श्रेष्ठ सम्मानित भए ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]