7 years ago
March 7, 2019
काठमाठौं (हाम्रो खेलकुद) – दि फिजिक्स वर्कसपकी ओलिभा महर्जन र जिमखाना मुवाँ थाइकी विपाशी तुलाधार चौथो अन्तर क्लब स्क्वाट च्याम्पियनसिपमा पहिलो भएकी छन् । ओलिभा ६० केजी तौलसमूह मुनि र विपाशी ६० केजी तौल समूह भन्दा माथि च्याम्पियन बनेकी हुन् ।

आइडिया सप मिडिया एन्ड इन्टरटेनमेन्ट र जस्मिन फिटनेसले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरेको च्याम्पियनसिपमा च्याम्पियन बन्ने क्रममा ओलिभाले १२५ केजी भार उचालिन् । ११५ केजी भार उचालेकी रेज फिटनेसकी अरुणा बस्नेत दोस्रो तथा रानीपौवा स्पोर्ट्स क्लबका ज्योति थापाले १०० केजी भार उचाल्दै तेस्रो स्थान हात पारिन् ।

६० केजी तौलभन्दा माथि जिमखाना मुवाँ थाईकी विपाशी तुलाधर १५० केजी तौल उचाल्दै च्याम्पियन बनिन् । दि वर्कआउट स्टेसन क्लबकी उमा महर्जनले १४० केजी तौल उचाल्दै दोस्रो तथा नेपाल व्यायाम मन्दिर क्लबकी विद्या राई १४० केजी तौल उचाल्दै तेस्रो स्थान हात पारिन् ।
दुई दिनसम्म भएको च्याम्पियनसिपमा पहिलो चरणको प्रतिस्पर्धा ज्यासमिन फिटनेस सेन्टर, त्रिपुरेश्वर र दोश्रो चरणको कार्यक्रम लाबिम मल, पुल्चोकमा भएको थियो । जसमा २२० जना प्रतिस्पर्धीहरुबाट ३१ प्रतिस्पर्धीहरु अन्तिम चरणको लागि छनोट भएका थिए ।
दुवै तौल समुहको विजेताले समान ५० हजार रूपैया हात पारे । दोस्रो भएकाले ३० हजार तथा तेस्रो भएकोले समान २० हजार रुपैया पाए । विजयी खेलाडीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पुरस्कृत गरे ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]