7 years ago
March 9, 2019
धरान (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजु र भारतीय सेनामा कार्यरत तीर्थ पुन आरती स्टिल धरान टेन के रन सातौ नेवपा च्यारिटीको खुल्लातर्फ च्याम्पियन बनेका छन् ।

कान्छी लगातार दोस्रोपटक च्याम्पियन बनेकी हुन् भने, तीर्थ लगातार चौथोपटक धरान रनको च्याम्पियन बन्न सफल भएका हुन् ।
तीर्थले धरान रनको निर्धारित १० किमी दूरी ३१ मिनेट १६ सेकेण्डमा पार गरे । ३१ मिनेट २२ सेकेण्डमा निर्धारित दूरी पार गरेका अनिस थापा दोस्रो भए । त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले ३१ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हात पारे । उपाधिसँगै तीर्थले ४० हजार रूपैया पाए । दोस्रो भएको अनिषले ३० हजार तथा चौथो भएको गजेन्द्रले २० हजार पाए ।
महिला खुल्लातर्फ कान्छीमायाले ३७ मिनेट ४८ सेकेण्ड दुरी पार गरी लगातार दोस्रो पटक च्याम्पियन बनिन् । काठमाडौंकी सन्तोषी श्रेष्ठ दोस्रो भइन् । उनले निर्धारित दुरी ३८ मिनेट १८ सेकेन्डमा दुरी पार गरिन् । तेस्रो भएकी एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट ४७ सेकेण्डमा दुरी पार गरिन् । च्याम्पियन कान्छीले ४० हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरिन् । दोस्रो भएको सन्तोषीले ३० हजार तथा तेस्रो भएको पुष्पाले २० हजार रूपैया पाइन् ।

प्रतियोगितामा १२ बर्षमुनि ब्वाइजमा रोदन राई प्रथम भए । अनिष खड्का दोस्रो तथा अशोक तामा तेस्रो भए । गल्र्समा स्मृति प्रथम, लक्ष्मी भुजेल दोस्रो र प्रकृति भुजेल तेस्रो भइन् । यु–१६ पुरुषतर्फ नरेश बुढा प्रथम, प्रविण कुमार वोहोरा दोस्रो किरण लिम्वुले तेस्रो स्थान हात पारे । महिलातर्फ मनिषा राई प्रथम, चन्द्रकला भुजेल दोस्रो र संगिता तामाङले तेस्रो स्थान हात पारिन् । उनीहरुले समान ७ हजार, ५ हजार र ३ हजार रुपैया पाए ।
त्यस्तै ४० बर्षमाथि भेट्रान पुरुषतर्फ र्धम महर्जन पहिलो, निर्मल राई दोस्रो तथा मंगल तामाङ तेस्रो भए । महिलातर्फ रीता राई पहिलो भीममाया राई दोस्रो र गंगा गुरुङ तेस्रो भइन् । प्रथम हुनेले ७ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार नगद मेडल र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रमकै अवसरमा पाँचपटक राष्ट्रिय च्याम्पियन मुकुन्दहरि श्रेष्ठलाई सम्मान गरिएको प्रतियोगिता संयोजक रामु राईले जानकारी गराए । विजयी खेलाडीहरुलाई आरती स्टिलका तथा क्याप्टेन विजय लामालगायतले पुरस्कृत गरे । म्याराथन करिव ४ हजार जनाले सहभागिता जनाएका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]