7 years ago
March 10, 2019
लमजुङ (हाम्रो खेलकुद) – ‘राइनासकोट पर्यटन कप’ फुटबल प्रतियोगिताको उपाधि वडा नम्वर ६ धमिलीकुवा स्याउलीले जितेको छ ।

राइनासकोट ग्रामीण पर्यटन तथा होमस्टे व्यवस्थापन समितिको आयोजनामा गण्डकी प्रदेशको पर्यटकीय नगरी लमजुङस्थित राइनास नगरपालिकाको वडा नम्वर ९ मा आइतबार भएको फाइनल खेलमा धमिलीकुवाले वडा नम्वर १० कोकेगाँउलाई सडनडेथमा ६–५ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । धमिलीकुवाका चन्द्र रानामगर, उत्तम थापामगर, बादल तामाङ, सागर गुरुङ, प्रवेश पाण्डे र मान बहादुर तामाङले गोल गरे । कोकेगाँउका देव गुरुङ, सरन गुरुङ, कुशल गुरुङ, चन्द्र गुरुङ र प्रेमराज गुरुङले गोल गरे ।

च्याम्पियन बनेसँगै स्याउली धमिलीकुवाले १ लाख रुपैया हात पा¥यो । दोस्रो स्थानमा चिक्त बुझाएको कोकेगाँउले ५० हजार पायो । कोकेगाँउका सरन गुरुङ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले नगदसहित मेडल र ट्रफी पाए ।
विजयी खेलाडीलाई वडा नम्वर ९ का वडा अध्यक्ष देव बहादुरथापा, वडा नम्वर ६ का वडा अध्यक्ष रुघ बहादुर तामाङ, प्रतियोगिता संयोजक तथा राइनासकोट ग्रामीण पर्यटन तथा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर गुरुङलगायतले पुरस्कृत गरे ।
शिवरात्रीको अवसरमा गत फागुन २० गतेबाट सुरु भएको प्रतियोगितामा राइनास नगरपालिका भित्रका विभिन्न २० टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेको थियो ।
प्रतियोगिताको लागि राइनास नगरपालिकाबाट २ लाख रुपैया सहयोग गरेको र बाँकी अपुग रकम स्थानिय र चन्दाबाट संकलन गरेर पुर्ति गरिएको प्रतियोगिता संयोजक गुरुङले बताए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]