7 years ago
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) निलकण्ठ माविले तेश्रो विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा शुक्रबार भएको फाइनलमा नीलकण्ठले अमरावती माविलाई २३७–१८९ ले पराजित गर्दै उपाधि जितेको हो । विजेता र उपविजेता दुवै धादिङका विद्यालय हुन् । उपाधिसंगै नीलकण्ठले २० हजार तथा अमरावतीले १५ हजार नगद पुरस्कार पाए ।
नेपाल डण्डीबियो संघको समन्वयमा भएको प्रतियोगितामा नाजरथ, ललितपुरले तेश्रो स्थानमा चित्त बुझायो । नाजरथले रोम्बस, भक्तपुरलाई १६३–१२३ ले हरायो । नाजरथले १० हजार नगद पुरस्कार पायो ।
विजेतालाई महालेखा परीक्षकको कार्यालयका उप–सचिव पदमबहादुर बस्नेत, राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख कपिलमणि पोखरेल र डण्डीबियो संघका अध्यक्ष मोतीराम फुयालले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा उपत्यका, काभ्रे र धादिङका २० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]