default_image

6 years ago

March 15, 2019

प्रवीण र सुजनलाई सफलता

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) काठमाडौंका प्रवीण शाक्य र तनहुँका सुजन ज्वारचनले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शुक्रबार सफलता हात पारेका छन् ।

प्रवीणले काठमाडौंका सागर चित्रकार तथा सुजनले काठमाडौंकै विजय महर्जनलाई समान ३–० को फ्रेममा पराजित गरे ।

त्यसैगरी, कास्कीका नवीन राणाले काठमाडौंका तेन्जिङ शेर्पालाई ३–२, काठमाडौंका विनयसिंह ठकुरीले काठमाडौंका सुमेश लामालाई ३–१, ललितपुरका सुरेश डंगोलले ललितपुरका प्रज्ज्वल कार्कीलाई ३–१, काठमाडौंका दोर्जे शेर्पाले रुपन्देहीका वीरेन शाक्यलाई ३–०, काभ्रेका निर्माण बोगटीले काभ्रेका नितेश राजभण्डारीलाई ३–१, रुपन्देहीका सारङ राणाले काठमाडौंका सूर्यबहादुर सुनुवारलाई ३–१, काभ्रेका विक्रम तामाङले काठमाडौंका दीपु शाक्यलाई ३–२ र ललितपुरका सन्दिप मगरले काठमाडौंका रामकाजी काफ्लेलाई ३–१ को फ्रेममा हराए ।

काठमाडौंका निश्चल तामाङले सुनसरीका विकास गुरुङलाई ३–१, काठमाडौंका श्याम खड्गीले सिन्धुपाल्चोकका छेङगा लामालाई ३–१, तनहुँका अमिर श्रेष्ठले ललितपुरका निकेन महर्जनलाई ३–१, ललितपुरका तेन्जिङ शेर्पाले काठमाडौंका बविन प्रधानलाई ३–२, ललितपुरका सक्षम श्रेष्ठले ललितपुरका मन्डिद महर्जनलाई ३–१, काठमाडौंका लबु प्रजापतिले काठमाडौंका राजु उप्रेतीलाई ३–१ र सिन्धुपाल्चोकका समुन्द्र लामाले मकवानपुरका प्रयास कर्माचार्यलाई ३–० ले पाखा लगाए ।

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.