7 years ago
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सुमन तामाङ र निस्मा श्रेष्ठ नवौं राष्ट्रिय एमटिबी डाउनहिल च्याम्पियनसिपमा च्याम्पियन बनेका छन् ।

गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्तिपार्कमा शुक्रबार नेपाल साइक्लिङ संघद्वारा आयोजित डाउनहिल च्याम्पियनसिपको पुरुषतपर्फ सुमन र महिलातर्फ निस्मा च्याम्पियन भएका हुन् । १ किलोमिटर डाउनहिलको दूरी सुमनले १ मिनेट २० सेकेन्डमा पूरा गर्दै पहिलो भए । सोही दूरी निस्माले १ मिनेट ५५ सेकेन्डमा पार गर्दै महिलातर्फ सफलता प्राप्त गरिन् ।
त्यस्तै पुरुषतर्फ कुञ्जनी राई दोस्रो र निरेन्द्र महर्जन तेस्रो स्थानमा रहे । कुञ्जनीले १ मिनेट ३० सेकेन्ड र निरेन्द्रले १ मिनेट ४० सेकेन्डमा उक्त दूरी पूरा गरे । १ मिनेट ४९ सेकेन्ड समयका साथ अजय क्षेत्री चौथो स्थानमा रहँदा फुर्बा शेर्पा ९ मिलिसेकेन्डले पाँचौ स्थानमा सीमित रहे । महिलातर्फ रोजिसा लिम्बु दुई मिनेट २८ सेकेन्डका साथ दोस्रो हुँदा तेस्रो भएकी आरती श्रेष्ठले २ मिनेट ३६ सेकेन्डमा उक्त दूरी पूरा गरिन् ।
अनमिका गुरुङले चौथो स्थान प्राप्त गर्न २ मिनेट ५६ सेकेन्ड समय लगाए । एक किलोमिटरकै जुनियरतर्पm निरज श्रेष्ठ, जेसन कुँवर र दीपक जिमी शीर्ष तीन स्थान प्राप्त गर्न सफल भए । निरजले १ सय मिनेटमा १८ सेकेन्ड, जेसनले १ मिनेटमा २२ सेकेन्ड र दीपकले १ मिनेटमा २४ सेकेन्डमा शीर्ष तीन प्राप्त गरे । चौथो स्थानका योजक चौलागाईले १ मिनेट ३१ सेकेन्ड र पाँचौंका निरनराज गिरीले १ मिनेट ३४ सेकेन्ड समय लगाए । डाउनहिलमा कुल ३० राइडर्सले प्रतिस्पर्धा गरेका थिए ।
शनिबार क्रस कन्ट्रीको खेल सञ्चालन हुने नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारीले जानकारी दिए । यसअघि प्रतियोगिताको उद्घाटन गोकर्णश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उद्घाटन गरेका थिए । सो अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देल र संघका अध्यक्ष गोपाल शुन्दरलाल कक्षपतिको पनि उपस्थिति रहेको थियो
।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]