default_image

7 years ago

March 15, 2019

दुप्चेश्वर खुल्ला पुरुष भलिबल बुधबारदेखि

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – होली पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वरमा दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिता यही बुधबारदेखि हुने भएको छ ।

आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र सोसियल सर्भिस युथ क्लबको संयुक्त आयोजना तथा कल्याण माध्यमिक विद्यालय दुप्चेश्वरको सहयोगमा दोस्रो संस्करणको प्रतियोगिता यही चैत ६ गतेदेखि ९ गतेसम्म हुने प्रतियोगिता संयोजक विक्रम थापाले जानकारी गराए ।

कल्याण माध्यमिक विद्यालय बालकुमारी नुवाकोटको कोर्टमा हुने प्रतियोगितामा अहिलेसम्म ८ टोलीको टुंगा लागिसकेको संयोजक थापाले बताए । उनका अनुसार खेल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।

आठौं राष्ट्रिय खेलकुदका कारण विभागीय टोलीको सहभागिता नहुने भएपनि विभागका खेलाडीहरुहरु प्रतियोगिता खेल्ने सम्वन्धमा कुराकानी भैरेहका कारण खेल्ने सम्भावना बढी रहेको उनले बताए ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वनाले २५ हजार पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडीले ५ हजार पाउनेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, डिफेन्डर र सर्भरले जनही ३–३ हजार रुपैया पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीहरुलाई खाना र बासको व्यवस्था आयोजकले गर्ने दुप्चेश्वर गाउँपालिका समुन्द्रटारले जनाएको छ ।प्रतियोगिताको उद्घाटन माननीय सांसद हित बहादुर तामाङले गर्नेछन् । विशेष अतिथिमा प्रदेश ३ को उपसभामुख राधिका तामाङ रहने छन् । यस्तै प्रतियोगितालाई विजय कुमार तामाङ मुख्य प्रयोजन गर्न लागेको संयोजक थापाले बताए ।

प्रतियोगिताको पहिलो संस्करणमा स्याङ्जा जिल्ला भलिबल संघ च्याम्पियन बनेको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.