default_image

7 years ago

March 16, 2019

क्रस कन्ट्रिमा दीपक र लक्ष्मी च्याम्पियन

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १७औं राष्ट्रिय एमटिबी क्रस कन्ट्रि च्याम्पियनसिपमा राजिब राई, लक्ष्मी मगर, दीपक जिमी र हर्क लामा च्याम्पियन भएका छन् ।

नेपाल साइक्लिङ संघको आयोजनामा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शनिबार भएको क्रस कन्ट्री राजिब पुरुषतर्फ र लक्ष्मी महिलामा च्याम्पियन भएका हुन् । कुल २० किलोमिटरको ५ ल्यापमा राजिव एक घन्टा ३१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै पुरुषतर्फ च्याम्पियनको प्राविधिक संयोजक देवेन्द्र बस्न्यातले जानकारी दिए ।

महिलातर्फ च्याम्पियन लक्ष्मी सोही दूरी पूरा गर्न १ घन्टा ४५ मिनेट ४९ सेकेन्ड समय लगाए । कुल २६ खेलाडी सहभागी पुरुषतर्पm प्रताप थापा १ घण्टा ३१ मिनेट ३९ सेकेन्डका साथ दोस्रो हुँदा तेस्रो स्थानका सीमित ओकेश बज्रचार्यले १ घण्टा ३४ समय ०३ सेकेन्ड समय लगाए । महिलातर्पm भने सोनी गुरुङ र हुमी बुढामगरले क्रमशः दोस्रो र तेस्रो भए । सोनीले १ घन्टा ५१ मिनेट ५७ सेकेन्ड र हुमी २ घन्टा ११ मिनेट २२ सेकेन्ड समय लगाइन् ।

दोस्रो दिन भएको थप दुई विधा जुनियर पुरुषमा दीपक जिमी र मास्टर्समा हर्क लामा च्याम्पियन हुन सफल भए । चार ल्यापको १६ किलोमिटर दूरी दीपकले १ घन्टा १९ मिनेट १९ सेकेन्डमा पूरा गर्दै सफलता प्राप्त गरे । सोही दूरीको मास्टर्समा भने पहिलो भएका हर्कले १ घन्टा ७ मिनेट ३५ सेकेन्ड समय लगाए ।

त्यस्तै जुनियर पुरुषमा दोस्रोका भएका सन्तोष गुरुङ १ घन्टा २२ मिनेट २० सेकेन्ड र तेस्रो स्थानमा सीमित अच्युतकृष्ण खरेल १ घन्टा २५ मिनेट ४० सेकेन्ड समयमा चार ल्यापको १६ किलोमिटर दूरी पूरा गरे । सोही दूरीकै मास्टर्समा किरणले मल्ल १ घन्टा ९ मिनेट १ सेकेन्डमा दोस्रो स्थानमा प्राप्त गर्न सफल भएका थिए ।

तेस्रो स्थानमा प्राप्त गरेका आइतासिँह तामाङले १ घन्टा १४ मिनेट १५ सेकेन्ड उक्त दूरी पूरा गरेका थिए । दूईदिनसम्म सञ्चालन भएको प्रतियोगितामा डाउनहिल र क्रस कन्ट्री विधा भएका थिए । यसअघि पहिलो दिनको डाउनहिलमा पुरुषमा सुमन तामाङ, महिला निस्मा श्रेष्ठ र जुनियरमा निरज श्रेष्ठ पहिलो भएका थिए ।

प्रतियोगिताका विजेतालाई पूर्वमन्त्री अम्बिका बस्नेत र संघका अध्यक्ष गोपाल शुन्दरलाल कक्षपतिले पुरस्कृत गरेका थिए । प्रतियोगितामा कुल ५१ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेको नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारीले जानकारी दिए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.