6 years ago
March 17, 2019
काठमाडौं (हाम्रो खेलुकद) – ब्याडमिन्टन एशियाका अम्पायर उदय कुमार अर्याललाई बिश्व ब्याडमिन्टन महासंघले अन्तराष्ट्रिय लाईन जजको मान्यता प्रदान गरेको छ ।
अर्याललाई जनवरी १, २०१९ देखि लागु हुने गरि अन्तराष्ट्रिय लाईन जजको प्रमाण पत्र प्रदान गरेको नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
सन् २००० मा जापनको क्योटो बाट ब्याडमिन्टन एशियाको अन्तराष्ट्रिय अम्पायरको मान्यता पाएका नेपाल बिद्युत प्राधिकरणमा कार्यरत अर्यालले आगामी दिनमा एशियाली तथा बिश्वस्तरका विभिन्न ठूला प्रतियोगिताहरुमा लाईन जजको भूमिका निर्वाह गर्न पाउने छन् ।
हाल उनले एशियामा आयोजना हुने बिश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको मान्यता प्राप्त बिभिन्न प्रतियोगिताहरुमा अम्पायरको भूमिका निर्वाह गर्दै आईरहेका छन् ।
यसअघि नेपालका दीपक थापाले रियो ओलम्पिकमा लाईन जजको भूमिका निर्वाह गरेका थिए ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]
December 8, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]