7 years ago
March 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युथ एथलेटर अजित कुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण जितेका छन् ।

हङकङमा आइतबार बिहान भएको स्पर्धामा अजितले निर्धारित ३ किलोमिटर दुरी ८ मिनेट ३० दशमलव ३२ सेकेण्डमा पार गर्दै स्वर्ण जित्न सफल भएको हो । उनले भारतका अमित जंगिरले ६ सेकेण्डले पछि पारे । ३ किलोमिटर दौडमा विभिन्न १५ देशका धावकले प्रतिस्पर्धा गरेका थिए ।
यस्तै उनले आफ्नो प्रदर्शनमा समेत सुधार गरेका छन् । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट प्रदर्शन ८ मिनेट ४४ सेकेन्ड रहेको थियो ।
प्रशिक्षकको भूमिकामा धनीराम चौधरी पनि अजितसंगै शुक्रबार हङकङ प्रस्थान गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]