7 years ago
March 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अजितकुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा आइतबार स्वर्णपदक जित्दै ४५ वर्षपछि ऐतिहासिक पदक दिलाएका छन् ।

घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने उनले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण जितेको एथलेटिक्स मुख्य प्रशिक्षक विक्रमजंग थापाले जनाएका छन् । उनीसहित १२ राष्ट्रका १५ खेलाडी उक्त स्पर्धामा दौडेका थिए । सप्तरीको राजविराज निवासी अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे ।
यो समयसंगै अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका छन् । यसैवर्ष राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियरमा भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।
अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण भएको मुख्य प्रशिक्षक थापाले जनाएका छन् । समग्रमा भने यो दोश्रो पदक हो । ४५ वर्षअघि (१९७३) फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो ।
प्रशिक्षकका रुपमा धनीराम चौधरी अजितसंगै हङकङ गएका थिए । चौधरीकै नाममा २३ वर्षसम्म ८ सय मिटर दौडमा १ मिनेट ५०.६० सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित थियो । गत भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सोमबहादुर कुमालले १ मिनेट ५०.२५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्दै चौधरीको कीर्तिमान भंग गरेका थिए ।
युथ एथलेटिक्समा नेपालबाट अजित एक्लो सहभागी खेलाडी हुन् । अजितबाहेक उक्त स्पर्धामा भारत, यमन र आयोजक हङकङबाट २–२ तथा जापान, कोरिया, ओमन, इरान, काजकिस्तान, इन्डोनेसिया, जोर्डन र भुटानबाट १–१ खेलाडीले सहभागिता जनाएका थिए । ८ मिनेट ३६.३४ सेकेन्डमा भारतका अमित जान्गिर दोश्रो तथा ८ मिनेट ३८.६० सेकेन्डमा यमनका गमिल अल हमाटी तेश्रो स्थानमा रहे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]