default_image

7 years ago

March 17, 2019

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुदमा आयोजक सुदुरपश्चिम च्याम्पियन

162 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश च्याम्पीयन भएको छ । सुदूरपश्चिमले ३ स्वर्ण १ रजत र ३ कास्यसहित ७ पदक जित्दै च्याम्पियन बनेको हो ।

यसैगरी प्रदेश नम्बर १ एक स्वर्ण तीन कास्य र दुई रजत सहित दोस्रो तथा प्रदेश नम्बर ५ पनि एक स्वर्ण दुई रजत जित्दै तेस्रो स्थान हात पा¥यो । प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ एक स्वर्ण एक रजत पदक सहित संयुक्त रुपमा चौथो भए । गण्डकी प्रदेश ३ रजत सहित पाँचौ हुँदा कर्णाली एक रजत सहित छैटौं भयो । च्याम्पियन सुदूरले नगद १५ लाख दोस्रो भएको प्रदेश १ ले नगद ८ लाख र तेस्रो भएको प्रदेश ५ ले नगद ५ लाख सहित ट्रफी प्राप्त ग¥यो ।

पुरुष फुटबलमा सुदुरपश्चिमले प्रदेश नम्बर १ लाई ३–१ ले हराउँदैे स्वर्ण जित्यो । प्रदेश २ ले कर्णाली प्रदेशलाई ४–० ले हराउँदै कास्यपदक पायो । महिला क्रिकेटमा सुदूरले प्रदेश १ लाई हराउँदै स्वर्ण जित्यो । प्रदेश ३ लाई हराउँदै प्रदेश ५ ले रजत जित्यो । पुरुष क्रिकेटमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराउँदै स्वर्ण जित्यो । प्रदेश १ ले सुदुरपश्चिमलाई हराउँदै कास्य पदक प्राप्त गर्यो ।

महिला भलिबलमा प्रदेश ३ ले स्वर्ण जित्दा गण्डकी प्रदेशले रजत पायो । प्रदेश ५ ले कास्य पदक पायो । पुरुष भलिबलमा प्रदेश ५ ले स्वर्ण जित्यो । गण्डकी प्रदेशले रजत पाउँदा प्रदेश १ तेस्रो भयो ।
व्याडमिन्टन तर्फ यु–१७ र यु–१९ का महिला पुरुषका ईभेन्ट भएपनि पदक तालिकामा यु–१९ को मात्रै राख्ने सहमति भएकोमा यु–१९ पुरुषतर्फ सुदुरपश्चिमका देवराज रानाले स्वर्ण जिते । प्रदेश १ का प्रनिस ठकुरीले रजत तथा सुदुरपश्चिम प्रदेशका अमृत चौधरी र योगेश खड्काले कास्य पदक पाए ।

यु–१९ महिलातर्फ प्रदेश १ की निता लम्सालले स्वर्ण सुदुरपश्चिमकी निलिमा महराले रजत तथा सुदुरपश्चिमकी विष्ण विष्ट र कर्णाली प्रदेशकी सामना भट्टराईले कास्य पदक जितिन् ।

यु–१७ पुरुष तर्फ जेवी सावँद प्रथम रोशन सावद तेस्रो तथा प्रदेश १ पेम्बा शेर्पा र सुपका प्रियान्सु खत्री तेस्रो भए । यु–१७ महिला तर्फ प्रदेश १ की सीमा राजवंशी प्रथम, प्रदेश १ कै अन्जना राई दोस्रो तथा प्रदेश ५ की कृष्णा बज्राचार्य र सुपकी एलिसा तिरुवा तेस्रो भईन् ।

सुदुरपश्चिम सरकारको आयोजनामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता आयोजना गरिएको थियो । ७ वटै प्रदेशका खेलाडी, सफिसियल र प्रशिक्षक गरी झण्डै साढे छ सयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याटमिन्टनका खेल महिला र पुरुष तर्फका खेल आयोजना गरिएका थिए । फुटबल खेल भने पुरुष तर्फ मात्रै गरिएको थियो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.