7 years ago
March 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ज्ञान निकेतन र जेभियर स्कुलले प्रथम ह्वाइट हाउस इन्टर कलेज यु–१८ बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

ह्वाइट हाउस कलेजको कोर्टमा सोमबार भएको पहिलो खेलमा ज्ञान निकेतनले आयोजकलाई ४३–३७ को झिनो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । ज्ञान निकेतनको जितमा मनिष तामाङले सर्वाधिक १४ अंकको योगदान दिए ।
सोमबारै भएको अर्काे खेलमा तेन्जिङ सोनामको १४ अंकको सहयोगमा जेभियरले ट्रिटनमाथि ५०–२९ को फराकिलो जित निकाल्यो ।
यस्तै ट्रिनिटीले इनसाइड भिजनमाथि ३९–३५ को जित निकाल्दा किरण कणेलले १६ अंकको योगदान दिए ।
टाइम्सले गोलडेनगेटलाई ४४–३७ ले हरायो । टाइम्सको जितमा सुजन लिम्बुले २० अंकको योगदान दिए ।
कुल ८ टिमको सहभागिता रहेको लिग कम नकआउट प्रतियोगितामा राजधानीका ८ कलेजहरुको सहभागिता रहनेछ । प्रतियोगितामा ९ कक्षा देखि प्लस टुसम्म अध्ययनरत १८ बर्ष भन्दा मुनिका खेलाडीहरुको मात्र सहभागिता रहनेछ ।
प्रतियोगिताको समुह क मा आयोजक ह्वाइट हाउस, ज्ञान निकेतन, इन्साइट भिजन र ट्रिनिटी इन्टरनेशनल कलेज रहेका छन् । अर्को समुहमा टाइम्स इन्टरनेशनल कलेज, गोल्डेन गेट, ट्रिटन र जेभियर इन्टरनेशनल कलेज रहेका छन् । लिग चरणमा पहिलो दुई स्थान हात पार्ने टिमहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्
।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]