7 years ago
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ह्वाइटहाउस प्रथम ह्वाइटहाउस यु–१८ अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

ह्वाइटहाउसले इन्साइट भिजनलाई ५९–२७ ले सहजै पराजित ग¥यो । ह्वाइटहाउसको जितमा नयन बमजनले २३ अंक योगदान गरे । सबै क्वाटरमा अग्रता लिएको ह्वाइटहाउसले पहिलोमा १२–९, दोश्रोमा १७–१, तेश्रोमा ८–७ र चौथोमा २२–१० अंक जोड्यो ।
ज्ञान निकेतन र जेभियर इन्टरनेसनल पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । सुजन थपलियाको २० अंक सहयोगमा ज्ञान निकेतनले ट्रिनिटीलाई ६१–५९ को साँघुरो अन्तरले हरायो । सुरुका दुई क्वाटरमा अग्रता लिएको ज्ञान निकेतनले क्रमशः १५–१४ र १८–७ को प्रदर्शन ग¥यो । ट्रिनिटीले तेश्रोमा १७–१६ र चौथोमा २१–१२ को अग्रता लिएपनि जित हात पार्न सकेन ।
जेभियरले गोल्डेनगेटमाथि ६१–५८ को कठिन जित दर्ता ग¥यो । जेभियरका तेन्जिङ सोनामले १८ स्कोर गरे । पहिलो र चौथो क्वाटरमा दुवैले समान १६–१६ स्कोर गरे । जेभियरले दोश्रोमा १७–१२ को अग्रता लिएको थियो भने तेश्रोमा १२–१४ ले पछि प¥यो ।
सेमिफाइनलमा जेभियरको भेट ह्वाइटहाउससंग हुनेछ भने ज्ञान निकेतनले टाइम्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]