default_image

7 years ago

March 21, 2019

एसिया कप व्हीलचेयर क्रिकेट बैशाखमा

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप व्हीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ ।आयोजक व्हीलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गरायो ।

४ दिन लाग्ने प्रतियोगिता कीर्तिपुर टीयू क्रिकेट मैदानमा हुनेछ । ‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो । हामीले गर्ने समयमा ग्राउन्ड बुक भइसकेको रहेछ ।’– आयोजक व्हीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिन शेर्पाले भने– ‘ग्राउन्ड बुक गर्ने पक्षसंग हामीले कुरा गरिरहेका छौं । उहाँहरुको सकरात्मक जवाफ पाएका छौं ।’

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश गरी ४ राष्ट्रको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा जम्मा ७ खेल हुनेछ । त्यसमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने छन् ।

अध्यक्ष शेर्पाले व्हीलचेयर क्रिकेटको एसिया कप नेपालमा मात्र नभइ विश्वमै पहिलो पटक हुन लागेको जानकारी गराए । संघकै आयोजनामा गत वर्ष टीयू क्रिकेट मैदानमा नेपाल, भारत र बंगलादेश सम्मिलित व्हीलचेयरकै त्रिकोणात्मक श्रृंखला भएको थियो । उक्त श्रृंखलाको उपाधि नेपालले जितेको थियो ।

पत्रकार सम्मेलनमा इन्टरनेसनल काउन्सिल फर व्हीलचेयर क्रिकेटका चेयरम्यान पाकिस्तानका मोहम्मद जिसान, उपाध्यक्ष भारतका हरुन रसिदलगायतको उपस्थिति थियो । जिसनकै अध्यक्षतामा बुधबार काउन्सिलको बैठक पनि बसेको थियो ।

बैठकले नै एसिया कप नेपालमा गर्ने निर्णय गर्नुका साथै काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय समेत गरेको अध्यक्ष शेर्पाले बताए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.