7 years ago
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका बिकेश राई र काभ्रेका निर्माण बोगटी प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जमलस्थित साकुरा स्नुकर हाउसमा बिहीबार भएको क्वाटरफाइनलमा ललितपुरका बिकेश राईले ललितपुरकै अपदिप शाक्यलाई ५–३ को फ्रेममा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।
अर्काे खेलमा काभ्रेका निर्माण बोगटीले काठमाडौंका सन्जय बज्रचार्यलाई ५–० को फ्रेममा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्न सफल भए ।
प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलका दुई खेल हुने आयोजकले जनाएको छ । शुक्रबारको पहिलो क्वाटरमा काठमाडौंका वाङचेन चाप र आयुष गौतम तथा फुरी शेर्पा र अमिर श्रेष्ठबीच खेल हुनेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]