7 years ago
March 21, 2019
नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र पञ्चकन्या दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै कालिका ‘ए’ सोसल सर्भिसले पनि अन्तिम चारको यात्रा तय गरे ।

कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा बिहीबार भएको पहिलो सेमिफाइनलमा दुप्चेश्वरले लाली गुराँसलाई २५–११ र २५–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भयो ।
अर्काे खेलमा पञ्चकन्याले कालिका ‘बी’ लाई २५–१७ र २५–१२ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । यस्तै कालिका ‘ए’ ले लालीगुराँस ‘बी’ लाई २५–१२ र २५–१६ ले हराउदा सोसल सर्भिसले कल्याण माध्यमिक विद्यालयलाई २५–१२ र २५–१४ को सेटमा हरायो ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वनाले २५ हजार पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडीले ५ हजार पाउनेछन् ।
व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, डिफेन्डर र सर्भरले जनही ३–३ हजार रुपैया पाउने आयोजकले जनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]