7 years ago
March 23, 2019
काठमाडौं (हाम्रो खेदकुद) – युएइमा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्सका पदक विजेतासहितको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ ।

मार्च १४ देखि २१ तारिखसम्म भएको फरक क्षमता भएका व्यक्तिको गेम्समा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो । नेपालले एथलेटिक्समा १ स्वर्ण र २ कांस्य तथा बोसीमा १ रजत हात पा¥यो । ३ सपाङ र ५ फरक क्षमता भएका व्यक्तिको पुरुष फाइभ ए साइड युनिफाइड फुटसलमा नेपालले रजत जित्यो ।
एथलेटिक्सको पुरुष सटपुटमा अजय तामाङले स्वर्ण तथा सागर शेरचनले कांस्य जिते । महिला लङजम्पमा एलिसा न्यौपानेले कांस्य जितिन् । महिला बोसीमा महिमा कोइरालले नेपाललाई रजत दिलाइन् । फुटसल टोलीमा अनिश कार्की, महेन्द्र कार्की, इश्वर लिम्बू, इसान श्रेष्ठ, धनबहादुर क्षेत्री, अदेश काफ्ले, अदित वज्राचार्य र क्षितिज बानियाँ थिए ।
गेम्समा १ सय ९० भन्दा बढी राष्ट्रको सहभागिता रहेको स्पेसल ओलम्पिक नेपालकी अध्यक्ष एवं टोली नेता डा. शिक्षिता श्रेष्ठले जनाएकी छन् । स्पेसल ओलम्पिकमा नेपालले पहिलो पटक स्वर्ण जितेको अध्यक्ष श्रेष्ठले जनाएकी छन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]