default_image

7 years ago

March 23, 2019

निर्माणलाई १७ औं स्नुकर उपाधि

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेका निर्माण बोगटीले प्रथम साकुरा राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

जमलस्थित आयोजक साकुरा स्नुकर क्लबमा भएको ‘बेस्ट अफ इलाभेन’ को फाइनलमा निर्माणले तनहुँका अमिर श्रेष्ठलाई ६–३ को फ्रेममा पराजित गरे ।

घरेलु स्नुकरमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा निर्माणले अमिरलाई ६४–५३, ५२–६४, १११–२३, ११६–३७, १२४–१२, २–११३, ३४–५८, ८४–३४ र १०८–३० को प्रदर्शन गरे ।

करिब २० वर्षको करियरमा निर्माणको समग्रमा १७ औं उपाधि हो । राष्ट्रिय स्तरको प्रतियोगितामा भने ३६ वर्षीय निर्माण पहिलो पटक च्याम्पियन बनेका हुन् । यो सहित निर्माणले तीन राष्ट्रिय स्तरका प्रतियोगिता खेलेका छन् । अमिरको भने ७ वर्षको खेल जीवनमा यो नै पहिलो प्रतियोगिता हो ।

उपाधिसंगै निर्माणले १ लाख १० हजार नगद पुरस्कार हात पारे भने अमिरले ४० हजार नगदमा चित्त बुझाए । निर्माणले अर्को उपाधिका रुपमा सर्वाधिक ब्रेककर्ताको उपाधि पनि चुमे । उनले ९३ को ब्रेक गरेका थिए ।

सुनसरीका सञ्जय वज्राचार्य उत्कृष्ट खेलाडी घोषित भए । १६ वर्षीय मोरङका आयुश गौतम सहभागी मध्ये कान्छा खेलाडी भए ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष चारपटकका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

स्नुकर संघको मख्य सहयोगमा फागुन २९ गतेदेखि सुरु प्रतियोगितामा १ सय २८ खेलाडीले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा फरक क्षमता भएका २ खेलाडीलाई दर्ता शुल्क नलिइ प्रतिस्पर्धा गर्ने अवसर पनि प्रदान गरिएको थियो ।

छनोट सोमबारदेखि
बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट सोमबारदेखि सुरु हुँदैछ । छनोटमा साकुरा स्नुकर च्याम्पियनसिपमा शीर्ष ८ स्थानमा रहने खेलाडी तथा नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघले निर्धारण गरेको शीर्ष ८ वरीयता गरी १६ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

साकुरा स्नुकरमा शीर्ष ८ मा रहने खेलाडीहरुमा निर्माण र अमिरसहित वाङछु चाप, विकेश राई, सञ्जय वज्राचार्य, उदिप शाक्य, आयुश गौतम तथा फुरी शेर्पा छन् ।

स्नुकर संघको वरीयतामा परेका खेलाडीमा राजन लामा, रेगन श्रेष्ठ, विकास श्रेष्ठ, सोम लामा, दीपक मगर, अमन कार्की, सुजेन शाही र मोती लामा छन् । यी आठ साकुरा स्नुकरमा सहभागी थिइनन् ।

स्नुकर संघका महासचिव केशवराज अधिकारीका अनुसार १६ खेलाडीबीच पहिले नकआउट आधारमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि नकआउटमा जित हात पार्ने ८ खेलाडीलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने छ ।

दुवै समूहको विजेताले ढाका यात्रा पक्का गर्ने छन् । ढाकामा प्रतियोगितामा जुलाई २१ देखि २७ तारिखसम्म सञ्चालन हुनेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.