7 years ago
March 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताअन्तर्गत नकआउट चरणका खेल मंगलबार सम्पन्न भएको छ ।

नकआउटको दोश्रो तथा अन्तिम दिन चार खेल भए । राजन लामाले अमिर श्रेष्ठलाई ५–१, सोम लामाले वान्छेन छापलाई ५–१, दीपक मगरले आयुश गौतमलाई ५–० र फुरी शेर्पाले विकास श्रेष्ठलाई ५–४ को फ्रेममा पराजित गरे ।
पहिलो दिनको नकआउटमा रेगन श्रेष्ठ, सुजेन शाही, विकेश राई र अमन कार्कीले जित हात पारेका थिए । बुधबारदेखि नकआउटमा जित हात पार्ने खेलाडी दुई समूह रहेर लिग खेल्नेछन् ।
समूह ‘ए’ मा राजन, विकेश, सुजेन र रेगन तथा समूह ‘बी’ मा दीपक, सोम, फुरी र अमन रहेका छन् ।
समूहमा शीर्ष स्थान हात पार्ने खेलाडीले जुलाई २१ देखि २७ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]