7 years ago
April 3, 2019
धनगढी (हाम्रो खेलकुद) – नयाँ वर्षको पुर्व सन्ध्यामा रात्रिकालिन पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ ।

स्थानीय एसटीएस टेलिभिजनको आयोजनामा नयाँ वर्षको अवसर पारेर २०६९ सालबाट धनगढीमा रात्रिकालिन पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुँदै आएको हो ।
प्रतियोगिताको यो सातौँ संस्करण हो । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले अघिल्ला वर्षहरुमा जस्तै यस वर्षपनि चैत्र ३० गते रात्रिकालिन पेनाल्टी शूटआउट प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगितामा ३२ वर्षभन्दा माथिका उमेर समुहले मात्रै सहभागिता जनाउन छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजारका साथै ट्रफी, द्वितीय हुने टिमले नगद ७५ हजार र ट्रफी पुरस्कार पाउने संयोजक श्रेष्ठले जानकारी दिए । गत बर्ष प्रतियोगितामा प्रथम हुनेले १ लाख पाएको थियो । उनले प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्कोररले माइक्रोम्याक्स कम्पनीको मोबाईल पाउनेछन् । सबैभन्दा पाको उमेरका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।
त्यस्तै प्रतियोगिता अवलोकनका लागि आउने व्यक्तिहरु मध्येबाट गोलाप्रथाबाट एक जनालाई होण्डा कम्पनीको स्कूटर प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यसका लागि दर्शकहरुले ५० रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था रहेको आयोजक पेनाल्टी सुट आउट प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले बताए ।
प्रतियोगिता धनगढीमा रहेको ओम प्यालेसमा चैत्र ३० गते साँभ शुरु भई राती १२ बजे नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै समापन गरिने छ ।
प्रतियोगिता धनगढीमा रहेको ओम प्यालेसमा चैत्र ३० गते साँभ शुरु भई राती १२ बजे नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै समापन गरिने छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]