default_image

7 years ago

April 5, 2019

तेक्वान्दोको प्रशिक्षण शिविर सम्पन्न

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दोको तत्वाधानमामा युके स्पोर्टस् र जिबी तेक्वान्दोको सहयोगमा तेक्वान्दो विकास साझेदारी प्रोजेक्ट नेपाल अन्तरगत तेक्वान्दो प्रशिक्षण क्याम्प सम्पन्न भएको छ ।

ललितपुर स्थित तेक्वान्दो एकेडेमी हलमा अप्रिल १ देखि संचालन भएको उक्त टेनिङ्ग क्याम्पमा प्रशिक्षणमा केन्द्र, प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका ५० जना खेलाडीहरु सहभागी भएका थिए । यसअघि उक्त कार्यक्रम काठमाडौं र पोखरामा प्रशिक्षकहरुका लागि संचालन गरिएको थियो भने आज सम्पन्न तालिममा राष्ट्रिय स्तरका खेलाडीहरुलाई समावेश गरिएको थियो ।

५ दिनसम्म संचालित कार्यक्रममा युके स्पोर्टस्का अध्यक्ष एवं ४ पटक स्वर्ण विजेता डेम काथिरेन ग्रेन्जर र जिबी तेक्वान्दोका अध्यक्ष एवं विश्व तेक्वान्दो प्रतियोगिताका स्वर्ण पदक विजेता सारह स्टेफेन्सन जेनिङले प्रशिक्षण दिएका थिए ।

नेपाल ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष एवं पूर्व प्रहरी माहानिरिक्षक धुव्र बहादुर प्रधानले प्रशिक्षणमा सहभागी भई उतिर्ण भएका खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरे ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.