default_image

7 years ago

April 6, 2019

नवनिर्वाचित मञ्च पदाधिकारीलाई राखेपको बधाई

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार स्वागत तथा बधाइ ज्ञापन गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव केशवकुमार विष्टले कार्यसमितिका पदाधिकारीहरुलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरी बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले कार्यकाललाई अवस्मरणिय बनाउन सबै एक जुट भए अगाडि बढ्नु पर्ने जोड दिदै आफू संलग्न क्षेत्रलाई गरिमामय बनाउन सके मात्र आफ्नो गरिमा पनि बढ्ने विचार व्यक्त गरे ।

नवनिर्वाचित मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी (दुर्गानाथ) ले कार्यक्रम आयोजना गरेकोमा राखेपलाई धन्यवाद दिदै आठौं राष्ट्रिय खेलकुदको सफलताका लागि शुभकामना दिए । शुक्रबार सम्पन्न मञ्चको १५ औं चुनावी साधारणसभाले नेपाल टेलिभिजनका सुवेदीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.