default_image

7 years ago

April 7, 2019

मिस्टर फिटनेस तथा फिजिक्स शनिबार

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिटनेस फस्टको आयोजनामा पाँचौं मिस्टर फिटनेस फस्ट तथा स्पोर्टस् फिजिक्स च्याम्पियनसिप आउदो शनिबार हुने भएको छ ।

फिटनेश प्रतियोगितामा ५ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले आइतबार राजधानीमिा पत्रकार सम्मेलनमार्फन जानकारी गराए । फिटनेसतर्फ ५५, ६०, ६५, ७० र ७० केजीभन्दामाथिको तौल समूहबीचमा प्रतिस्पर्धा हुनेछ । यसमा फिटनेस फस्टका शाखाका खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउनेछ ।

प्रत्येक तौल समूहको विजेता खेलाडीले १० हजार उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै प्रत्येक समूहको विजेता खेलाडीसँग प्रतिस्पर्धा गराइ प्रथम हुने खेलाडीले मिस्टर फिटनेश फस्टको उपाधि पाउने छन् । ओभरअल विजेताले ५० हजार पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

यस्तै मेन्स फिजिक्स प्रतिस्पर्धामा १ सय ६५ सेन्टिमिटर मुनि र १ सय ६५ सेन्टिमिटर माथिका गरी दूइ फरक फरक समुहमा प्रतिस्पर्धा गराइनेछ । प्रत्येक उचाइ समूहका खेलाडीमा प्रथम हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा करव ४५ खेलाडी सहभागिता रहने बताइएको छ ।

सोही प्रतियोगिता दौराना विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वर्णधारी महेश्वर महर्जनलाई सम्मान गरीने आयोजकले जनाएको छ । नैकापमा हुने प्रतियोगितालाई गोर्खा ट्वीडले मुख्य प्रयोजन गरेको छ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.