default_image

7 years ago

April 9, 2019

सोम र अजितले एसियन एथलेटिक्स च्याम्पियनसिप खेल्ने

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र नेपाल एपीएफ क्लबका अजित कुमार यादवले कतारको दोहामा आयोजना हुने एशियन एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल एथ्लेटिक्स संघले दोहामा अप्रिल २१ देखि २४ तारिखसम्म आयोजना हुने च्याम्पियनसिपका लागि नेपालबाट सोमबहादुर कुमाल र अजित कुमार यादवले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

संघका अनुसार गत महिना हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्णधारी अजितले ५ हजार मिटर दौडमा नेपालको चुनौती पेश गर्नेछन् । यस्तै कीर्तिमानी खेलाडी सोमबहादुर कुमालले ८ सय र १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

कुमालले गत भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सोमबहादुर कुमालले १ मिनेट ५०.२५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्दै आफ्ना गुरु धनीराम चौधरीको कीर्तिमान भंग गरेका थिए ।

नेपाली टोली २० अप्रिलमा कतार जाने कार्यक्रम रहेको छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.