7 years ago
April 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियनद्वय दीपक विष्ट र स्नेहा राज्यलक्ष्मी राणाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजन गर्न गई रहेको नवौं ईण्टरनेशनल एथलेट्स फोरममा सहभागिता जनाउने भएका छन् ।

फोरम १३ अप्रिलदेखि १७ अप्रिलसम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रधान कार्यालय स्वीट्जरल्याण्डको लसान शहरमा हुदैछ । विष्टले इन्टरनेशनल एथलेट्स फोरम अन्तर्गत ओलम्पियन फोरममा तथा राणाले नेपाल ओलम्पिक कमिटीको तर्फबाट प्रतिनिधित्व गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
दुई सदस्यीय टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाई गरे । बिदाईमा अध्यक्ष श्रेष्ठले ओलम्पिक मुभमेण्ट्स र ओलम्यिनको महत्वबारे प्रकाश पारेर सकरात्मक सोचका साथ सहभागी भएर गतिविधिहरु सिक्न र त्यसलाई नेपालको परिवेशमा लागु गर्न आग्रह गरे ।
बिदाई कार्यक्रममा मेडिकल कमिशनका अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठ, ओलम्पियन उमेश मास्के र नेपाल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठकोे उपस्थिति थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]