default_image

7 years ago

April 11, 2019

काठमाडौं र बानेश्वर सेमिफाइनलमा

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौ स्पोर्ट्स सोसाइटी र बानेश्वर युनाइटेड फ्रेन्डस् भेट्रान्स कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा काठमाडौ स्पोर्ट्स सोसाइटीले बौद्ध टुसाललाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

थापाथलीस्थित बागमती नदी किनारको मैदानमा बिहीबार भएको अर्काे क्वाटरफाइनलमा बानेश्वर युनाइटेडले आदिवासी फुटबल क्लबलाई ४–० ले हरायो ।

अर्काे क्वाटरफाइनलमा अभिषेख चर्च नवलपुरले बगरभाई खलक पोखरालाई पेनाल्टीसुटआउटमा ४–३ ले हरायो । यस्तै इन्द्रेणी एकीकृत बिकास केन्द्र, पोखराले मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनलाई पेनालटी सुटआउटमै ४–३ ले हराएर सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।

ग्रासरुट फुटबल बिकासको सहयोगार्थ आयोजना गरिएको प्रथम फ्रेन्डस् भेट्रान्स फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ ।

शुक्रबार हुने सेमिफाइनलमा काठमाडौ स्पोर्ट्स सोसाइटी र अभिषेख चर्च, रजहर, नवलपुर तथा दोश्रोमा बानेश्वर युनाइटेड फुटबल क्लब र इन्द्रेणी एकीकृत बिकास केन्द्र, पोखराबीच खेल हुनेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.