6 years ago
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको पुरुष ब्लिजमा नेपाल प्रहरीका मदनकृष्ण कायश्थले स्वर्ण जितेका छन् ।
प्रदेश १ का राजन सुवेदीले रजत तथा सुमन राईले कांस्य जिते । सो स्पर्धाको महिलामा आर्मीकी सुजना लोहनी, आर्मीकै सिन्दिरा जोशी र प्रदेश ३ की अनिशा न्यौपाने क्रमशः शीर्ष तीन स्थानमा रहे ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवाकोटा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच शुभारम्भ गरे ।
बर्दियाको ठाकुरद्वारामा भइरहेको प्रतियोगितामा ५२ पुरुष र २६ महिला खेलाडी सहभागी छन् । बैशाख ५ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष÷महिलामा समान ३–३ गरी ६ स्पर्धा समावेश छन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]
December 8, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]