6 years ago
April 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली जुडो टोली एसियन प्यासिफिक जुडो च्याम्पियनसिपको लागि संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।
एसियन प्यासिफिक जुडो च्यामिपयनसिप २० अप्रिलबाट २३ अप्रिलसम्म युएईस्थित फुजैराहमा हुदैछ ।
नेपाली टोलीमा मनिता श्रेष्ठ ‘प्रधान’, इन्द्रबहादुर श्रेष्ठ, सुमित्रा राई र मोहन बम रहेका छन् । टिम प्रशिक्षक तथा म्यानेजरमा सुर्य नारायण श्रेष्ठ रहेका छन् ।
मनिताले ५७ केजीमुनि, सुमित्राले ७८ केजीमुनि तथा इन्द्र र मोहनले ६६ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]
December 8, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]
December 7, 2024
एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ । इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ […]