7 years ago
April 20, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौ राष्ट्रिय खेलकुद अन्तरगत जारी आठौ महिला तथा २४ औ पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगिता अन्तरगत शनीबार महिला ५५ किलो तौल समुहमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

उनले स्न्याचमा ६५, क्लीन एन्ड जर्कमा ८१ तथा कुल १४८ किलो भार बहन गर्दै तीन वटै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसैगरी, तीन वटा राष्ट्रिय कीर्तिमान कायम गर्नेमा पुलिसकै प्रकास केसी र आर्मीकी कमला श्रेष्ठ पनि रहे ।
पुरुष ६७ किलो तौल समुहमा प्रकासले स्न्याचमा १०३, क्लीन एन्ड जर्कमा १२२ तथा तथा कुल २२५ किलो भार बहन गर्दै तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । महिला ५९ किलो तौल समुहमा कमलाले स्न्याचमा ७०, क्लीन एन्ड जर्कमा ८० तथा कुल १५० किलोको तीन वटा कीर्तिमान कायम गरेकी हुन् । सो स्पर्धामा पुलिसकी जुनु माया छन्त्यालले रजत तथा गण्डकी प्रदेशकी टिका माया गुरुङले काश्य पदक जिते ।
देवीलाई पन्छाउदै आर्मीकी मनिषा रानाभाटले रजत तथा गौरी चौधरीले काश्य पदक जिते । यसैगरी, पुरुष ६७ किलोमा आर्मीकी जिवन तामाङले रजत तथा गण्डकी प्रदेशका धन बहादुर झाक्रीले काश्य पदक जिते । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्ट लगायतले पुरस्कार प्रदान गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]