7 years ago
April 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी सिंगा–रोजा बिटीवाई जुनियर इन्टरनेशनल च्यालेन्ज–२०१९ मा अर्काे सफलता हात पारेको छ ।

प्रिन्सले यु–१९ ब्वाइजतर्फ थाइल्यान्डका अखराफाट भन्नाचारोइनभ अङलाई २–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गर्दै अर्काे सफलता हात पारेका हुन् । उनले थाइल्यान्डका खेलाडीमाथि २१–१२ र २५–२३ को जित निकाल्यो ।
त्यसअघि यु–१७ ब्वाइजको पहिलो चरणमा प्रिन्सले जापानका काकुटा कोसुकीलाई २१–६ र २१–९ को सोझो सेटमा तथा दोस्रो चरणमा थाइल्यान्डका प्रेचा चान्थालाई २१–७ र २१–८ ले पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएका थिए ।
अब प्रिन्सले यु–१७ ब्वाइजमा मलेसियाका स्यामुइल लिसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रिन्स दाङको घोराहीमा आयोजना भएको आठौं अन्तर्गतको ४०औं राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप सकिएको भोलिपल्टै प्रतियोगिताको लागि थाइल्यान्ड प्रस्थान गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]