7 years ago
April 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी सिंगा–रोजा बिटीवाई जुनियर इन्टरनेशनल च्यालेन्ज–२०१९ को पुरुष यु–१९ को दोस्रो चरणमा जापानी खेलाडीसँग पराजित भएको छ ।

पहिलो चरणमा मंगलबार थाइल्यान्डका खेलाडीलाई पराजित गरेको प्रिन्स बुधबार दोस्रो चरणमा जापानी खेलाडी सोतारो इनामिट्सुसाग २–१ को सेटमा पराजित भएका हुन् ।
प्रतिस्पर्धात्मक पहिलो सेट प्रिन्सले १५–२१ ले गुमाएको थियो । दोस्रो सेट प्रिन्सले २१–१८ ले जित्दै खेललाई १–१ को बराबरीमा ल्याएपनि तेस्रो सेट २१–१२ ले गुमाउन पुगेको थियो ।
अब प्रिन्सले पुरुष यु–१७ मा प्रतिस्पर्धा गर्दैछ । यु–१७ को पुरुषमा प्रिन्सले मंगलबार जापान र थाइल्यान्डका खेलाडीलाई पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएका थिए ।
तेस्रो चरणमा प्रिन्सले मलेसियाका स्यामुइल लिसँग प्रतिस्पर्धा गर्नेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]