7 years ago
April 27, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाल तथा पर्यटकीय नगरी पोखरामा पहिलोपटक आयोजना भएको एयिसन कप ट्राइयााथलन च्याम्पियनसिपको उपाधि जापानका माकोतो ओदाकुराले जितेका छन् ।

पोखराको फेवातालमा शनिबार बिहान भएको च्याम्पियनसिपमा जापानका माकोतो ओदाकुराले निर्धारित दुरी ५४ मिनेट १६ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । पोल्यान्डका डाम एमसिन्टेसले ५४ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हात पारे । दक्षिण कोरियाका जि ह्वान किमले ५५ मिनेट ०२ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हात पारे ।
च्याम्पियन माकोतो ओदाकुरा विश्व वरीयतामा ६३औं स्थानमा र क्षेत्रीय वरीयतामा दोश्रो स्थानमा रहेका खेलाडी हुन् ।

महिलातर्फ दक्षिण कोरियाका वाइसि जिन पार्क पहिलो भइन् । जापानकी नाओमी ताकामिनले दोस्रो तथा जापानकै कोनामी युसिदोले तेस्रो स्थान हात पारिन् ।
च्याम्पियनसिपमा पुरुषतर्फ १९ र महिलातर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ नेपालबाट नितेश मानन्धर, बसन्त थारु र दिपेश चौधरीले प्रतिस्पर्धा गरेका थिए । महिलामासोनी गुरुङ र केशरी थापा मगरले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका साथै नेपालका खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए ।
च्याम्पियनसिपमा ट्राइयाथन र दुवाथलनतर्फ प्रतिस्पर्धा भएको थियो । ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७ सय ५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड हुनेछ ।
दुआथोलन स्प्रिन्टमा ५ किमि दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ ।आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ ।
एसियन कपकै दौरान दक्षिण एसियाली ट्राईयालन च्याम्पियनसिप पनि आयोजना हुदैछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]